Tuesday, 26 Oct
01:00:00

कण्डम लगाउँन किन हिच्किचाउँने ?

2018/09/10   Tek

स्नातक तहमा बढ्न शुरु गरेकी मध्य बानेश्वरकि नुतन (नाम परिवर्तन) घरबार गर्न थालको ६ महिना पछि छोरी जन्माइन । उनले आफ्ना साथीहरूले पढाई सकेर जागिर खान थालेको वा व्यवसाय गर्न थालेको घरमा नानी हुर्काउँदा हुर्काउदै देखिरहिकि छिन । यस्त अवस्था आउँनुमा उनीहरू दुबै जनाले यौन सम्पर्क गर्दा कण्डम प्रयोग गर्न झण्झट मान्नाले हो । उनका श्रीमानले खुलासा गरे  ।

चौथो पटक गर्भपतन गर्न पुगेकि कोटेश्वरकि सगुन (नाम परिरवर्तन) को अब बच्चा जन्माउँन मन लागेको अवस्थामा गर्भ नरहन पनि सक्ने भयो । पटक पटक गर्भपतन गराउँदा पाठेघरमा चोट पर्नाले यस्तो अवस्था आएको हो । यो भयानक पीडा उनका श्रीमानको अन्धविश्वास र घमण्डको कारणले भएको हो ।  गर्भपतन गराउँने क्रममा नर्ससँग भएको कुराकानीमा यो कुरा खुलेको हो ।

ब्वाइ फ्रेण्ड वा श्रीमानमा इमान्दार नहुनु र कतिपयमा दुबैजनाले जोसमा होस नराख्नाले यस्ता अनेकौ घटनाहरू घटिरहेका हुन्छन । प्रजनन भनेको स्वास्थ्यको विषय मात्र होइन । बरु यो सामाजिक आर्थिक र राजनीतिक मुद्धा पनि हो ।

महिलाहरूले प्रयोग गर्ने गर्भनिरोधको अस्थायी साधनले लगाउँने वित्तिक्कैबाट काम गर्न थताल्ने होइन । यस्तो अवस्थामा एउटै मात्र विकल्प भनेको कण्डम लगाउँनु हो । कण्डम लगाउँन हिच्किचाउँनाले तत्काल त चरम आनन्द होला तर कालान्तरमा हुने परिणाम दुखदायी हुने गर्दछ ।

असुरक्षित यौनसम्पर्कबाट अनिच्छित गर्भधारण गर्नपुगेका महिलाहरूमा यसैको कारण मानसिक आधात परि विरामी पर्ने सम्मको अवस्थामा पुगेका हुन्छन । अनिच्छित गर्भ भएको कारण पटक पटक गर्भपतन गराउँदा पनि पठेघरमा समस्या आउँने मात्र होइन यसैको कारण पनि मानसिनक तनाव बढ्दै जान्छ ।

पढेलेखेका वा शिक्षित भनिएका कतिपय महिलाहरू पनि यस्तो समस्याबाट मुक्त हुन सकेका हुदैनन । अधिकांश महिलाले श्रीमानको अनुमतिले मात्र अस्थायी साधन प्रयोग गर्न पाउँछन । स्वीकृति नदने श्रीमानहरु प्रायले आफु पनि कण्डम प्रयोग गर्न हिच्किचाउँछन । यस्ता श्रीमानका कतिपय श्रीमतिहरूले आँखा छलेर अस्थायी साधनको प्रयोग गरेका हुन्छन र गर्भपतन गरेका हुन्छन । माथिको घटनामा सगुनको अवस्था त्यहि हो ।

कण्डम लगाउँन हिच्किचाउँने हाम्रा समाजमा मात्र होइन रहेछ । विकसित समाज भनिएको युरोप अमेरिका तिर पनि असुक्षित यौनसम्पर्क धेरै हुनेगरेको खबर बेलाबेला सञ्चार माध्यमहरूमा आउँछ । बेलायतमा किशोरी गर्भधारणले सरकारको टाउको दुखाइ भएको बारम्बार सञ्चार माध्यहरूमा आइरहेको हुन्छ । त्यसमा पनि हाम्रो देशमा त कण्डम शहर बाहेक ग्रामिण भेगमा सर्वसुलभ छैन । कण्डम लगाउँदा र नलगाउँदा यौनसम्पर्कमा आउँने आनन्दमा फरक पर्ने भ्रम धेरै फैलिसकेको हुनाले पनि पुरूषहरू कण्डम लगाउँन हिच्किचाउँछन । यसका बारेमा मानिसको मनमै प्रभाव पर्ने गरी प्रजनन स्वास्थ्य र अधिकार शिक्षाका विभिन्न क्रियाकलापहरू सञ्चालन गर्नु आवश्यक छ । हरेक मान्छे यौन सम्बन्धमा इमान्दार हुनु आवश्यक छ ।


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस