Tuesday, 26 Oct
01:00:00

आई एम ट्वेन्टी वानमा धिरज र जसिताको जोडी

2018/12/06   Gufgaf

अभिनेता प्रदीप खड्कासँग मात्रै काम गर्ने अभिनेत्रीको ट्याग लागेकी जसिता गुरुङले तेस्रो सिनेमामा नयाँ अभिनेतासँग काम गर्ने भएकी छिन् । यसै वर्ष ईन्टुमिन्टु लण्डनमा मार्फत डेब्यु गरेका अभिनेता धिरज मगरसँग जसिताले तेस्रो सिनेमामा पर्दा बाँड्ने भएकी छिन् । 

सिनेमा ईन्टु मिन्टु लण्डनमाबाट निर्देशनमा डेब्यु गरेकी रेनशा वान्तवा राईले आफ्नो दोस्रो सिनेमा आई एम ट्वेन्टी वानमा जसितालाई फाईनल गरेकी हुन् ।  दर्शकको माग र चाहना अनुसार रेनशाले यी दुईलाई आफ्नो दोस्रो सिनेमामा लिन लागेको जनाईएको छ ।

निर्माण पक्षसँगको कुराकानीमा जसिताले सिनेमामा काम गर्ने पक्का भईसकेको छ तर कागजी सम्झौता भने केही दिनमा लण्डनमै हुने निर्माण पक्षले जनाएको छ  । 

लभ स्टोरी जनरामा बन्ने यो सिनेमा आगामी वर्षको  दशैँमा प्रदर्शनमा आउने छ । 

सिनेमा लिलिबिलीबाट डेब्यु गरेकी जसिताले त्यसपछि सिनेमा लभ स्टेशनमा काम गरिसकेकी छिन् । यो सिनेमाको छायाकंन सकेर अहिले सम्पादनको कार्य भइरहेको छ । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस