Tuesday, 26 Oct
01:00:00

आजबाट चलचित्र प्रसाद प्रदर्शनमा

2018/12/07   gufgaf

गफगाफ -  फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवार बाट नेपाली चलचित्र प्रसाद प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिज पाएका कारण पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादि देखिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भए सगै चलचित्र बजारमा प्रसादको चर्चा थाप चुलिएको थियो । चलचित्रमा समाबेश गीतलाई पनि दर्शकले रुचाएका छन् ।

नेपालमा प्रदर्शन हुन अगावै चलचित्रको विदेशी डिमाण्ड उच्च थियो । हला पनि विभिन्न देशहरुमा चलचित्रको माग भइरहेको निर्देशक दिनेश राउत बताउछन् । चलचित्रमा लागेको करिव आधा लगानी ओभरसिज राइट्सबाटै उठेको बताइएको छ । 

 हाल पनि युरोपियन मुलुकहरुमा चलचित्रकोे उच्च डिमान्ड भइरहेको निर्देशक राउतको भनाइ छ । चलचित्रमा निस्चल बस्नेत, विपिन कार्की, नम्रता श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।  चलचित्रले विवाह भइसके पश्चात पनि सन्तान नभएको र सोहि कारण आइ परेका विभिन्न उतार चडापहरुको कथा प्रस्तुत गरेको छ । 

चलचित्रमा विपिन कार्कीले ग्रामीण भेगको एक दलित युवाको भुमिका निर्वाह गरेका छन् । यता नयिका नम्रता श्रेष्ठ उनै विपिनकी श्रीमतीका रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रको कथा विपिन,नम्रता र निश्चलकै वरिपरि घुमेको छ । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत  रहेको छ । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस