Tuesday, 26 Oct
01:00:00

रेडियो अडियोको वर्षिक उत्सवमा दीपाश्रीलाई सम्मान

2018/12/07   gufgaf

गफगाफ -  नेपालको एक मात्र हाँस्यव्यङग्य रेडियो रेडियो अडियो यहि मंसिर २१ गतेदेखि १२ वर्षमा प्रवेश गरेको छ । विक्रम सम्वत २०६४ भदौ १२ गते गाईजात्राको अवसर पारेर आफ्नो परिक्षण प्रसारण शुरु गरेको रेडियो अडियोले औपचारिक रुपमा मंसिर २१ गतेदेखि प्रशारण शुरु गरेको थियो ।

हाँस्यव्यङग्य बिधामा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गर्दै आईरहेको रेडियो अडियोले आफ्नो १२ औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दैछ ।  रेडियो अडियोले नै हाँस्यव्यकर्मीको जन्मदिन मनाउने परम्पराको शुरुवात पनि गरेको थियो । शुरुवात देखि नै अहिलेसम्म हाँस्यकर्मीहरुको जन्मदिनमा रेडियो अडियोले केके काटेर सेलिब्रेशन गर्ने गरेको छ ।

रेडियो अडियोको वार्षिक उत्सव विशेष कार्यक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई सम्मान गर्ने कार्यक्रम पनि छ । उनलााई रेडियोसँग शुरुवात देखि नै आवद्ध भएको, हाँस्यव्यङग्यमा पुर्याएको योगदान र लगातार तीनवटा ब्लकबस्टर सिनेमाहरु प्रस्तुत गरेका कारण रेडियो अडियोले सम्मान गर्न लागेको कार्यकारी अध्यक्ष दीपेन्द्र खनियाले जानकारी दिए । यस्तै हाँस्य कलाकार जितु नेपाललाई विशेष सम्मान, यस्तै हास्य व्यंग्यकार राजा राजेन्द्र पोखरेललाई प्रतिभा पुरस्कारले सम्मान गर्न लागिएको छ ।

यसका साथै रेडियो अडियोसँग शुरुवात देखि नै आवद्ध अमित चन्द्र अधिकारीलाई पनि सम्मानित गरिने भएको छ ।  अधिकारी हाल रेडियो अडियोका निर्देशक हुन् । १२ औँ वार्षिक उत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा नेपाली संगीत, हाँस्यव्यङग्य र सिनेमाका केही हस्तीहरुलाई बोलाईने छ । कार्यक्रम रेडियो अडियोकै प्रागंणमा हुने जनाईएको छ ।  

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस