Tuesday, 26 Oct
01:00:00

यसरी मनायो रेडियो अडियोले आफ्नो १२ औ वार्षिक उत्सव

2018/12/08   gufgaf

गफगाफ - नेपालको एक मात्र हाँस्यव्यङग्य रेडियो रेडियो अडियाले १२ औ वार्षिक उत्सव धुमधामका साथ मनाएको छ । हास्य व्यग्ंय प्रस्तुतीले आफ्नो छुट्टै पहिचान बनाएको यस रेडियो यहि मंसिर २१ गतेबाट १२ वर्षमा प्रवेश गरेको छ । विक्रम सम्वत २०६४ भदौ १२ गते गाईजात्राको अवसर पारेर आफ्नो परिक्षण प्रसारण शुरु गरेको थियो । तर रेडियो अडियोले औपचारिक रुपमा भने मंसिर २१ गतेदेखि प्रशारण शुरु गरेको थियो ।

हाँस्यव्यङग्य बिधामा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गर्दै आईरहेको रेडियो अडियोले आफ्नो १२ औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार रेडियो अडियो कै कौशीमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ,सदावहार नायक भुवन केसी, हास्य कलाकार मनोज गजुरेल,दिपकराज गीरी, दिपाश्री निरौला,शिवहरी पौडेल, सिताराम कट्टेल,कुन्जना घिमिरे,जितु नेपाल,पछिल्लो समयका व्यस्त नायिकाहरु वर्षा राउत,स्वस्तिमा खड्का,निता ढुंगाना लगायत विभिन्न चलचित्र कर्मी तथा हास्य व्यंग्य कर्मी साथै व्यापारिक तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु  उपस्थिती रहेको थियो । 

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले रेडियो अडियोले नेपालमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएको बताएका थिए । अन्य उपस्थित विशिष्ठ व्याक्तित्वहरुले रेडियो अडियोलाई शुभकामना व्यक्त गरेका थिए भने हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले रेडियो अडियो कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाको क्यारिकेचर गरेर सबैलाई हसाएका थिए । रेडियो अडियोले नै हाँस्यव्यकर्मीको जन्मदिन मनाउने परम्पराको शुरुवात पनि गरेको थियो । शुरुवात देखि नै अहिलेसम्म हाँस्यकर्मीहरुको जन्मदिनमा रेडियो अडियोले केक काटेर सेलिब्रेशन गर्ने गरेको छ ।

रेडियो अडियोको वार्षिक उत्सव विशेष कार्यक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई सम्मान गरिएको थियो । उनलााई रेडियोसँग शुरुवात देखि नै आवद्ध भएको, हाँस्यव्यङग्यमा पुर्याएको योगदान र लगातार तीनवटा ब्लकबस्टर सिनेमाहरु प्रस्तुत गरेका कारण सम्मान गरिएको कार्यकारी अध्यक्ष दीपेन्द्र खनियाले जानकारी दिए । यस्तै कार्यक्रममा हाँस्य कलाकार जितु नेपाललाई विशेष सम्मान र हास्य व्यंग्यकार राजा राजेन्द्र पोखरेललाई प्रतिभा पुरस्कारले सम्मान गरिएको थियो ।

यसका साथै रेडियो अडियोसँग शुरुवात देखि नै आवद्ध अमित चन्द्र अधिकारीलाई पनि सम्मानित गरेको थियो ।  अधिकारी हाल रेडियो अडियोका निर्देशक हुन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस