रेडियो अडियो

‘डोली’ले पायो पीजी सर्टिफिकेट

2018/12/12   gufgaf

गफगाफ -  नोपाली कथानक चलचित्र ‘डोली’ले सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको छ । पीजी सर्टिफिकेट पाएसँगै चलचित्र ‘डोली’ हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथ चलचित्र हेर्न जानु पर्ने छ ।

चलचित्र सामाजिक प्रेम कथामा आधरित रहेर निर्माण भएको बताइएको छ । यसअघि नेपाली चलचित्र बृन्दावन निर्देशन गरेका निर्देशक राजबहादुर सानेले चलचित्रको निर्देशन गरेका छन् । यो चलचित्र मंसिर २८ गते देखि अल नेपाल प्रदर्शनको तयारीमा छ । त्यसै मितिबाट सुब्रत आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’ पनि प्रदर्शन हुँदै छ ।

किरण नेपालीले निमार्ण गर्न लागेको यो चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । चलचित्रको स्क्रिप्ट चलचित्रका निर्देशक राजबहादुर स्वयंमले लेखेका हुन् । चलचित्र ‘डोली’मा बाबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रको गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् ।

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसार्इँ, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित, अर्जुन गुरुङ, नबीन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी, सतिश खत्रीलागायतको अभिनय रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस