रेडियो अडियो

चलचित्र ‘प्रेमनाथ’ सम्पादनको काम अन्तिम चरणमा

2018/12/12   gufgaf

गफगाफ - गणेश बेलबासेद्वारा निर्देशित चलचित्र ‘प्रेमनाथ’को सम्पादनको काम अन्तिम चरणमा पुगेको छ । सम्पादनको काम सकिएसँगै डबिङका लागि तयारी सुरु भएको निर्देशक बेलबासेले बताए । निर्देशक बेल्वासेले भने, ‘सम्पादनको काम अन्तिम चरणमा छ । त्यो सकिनेवित्तिकै डबिङमा जाने तयारीमा छौँ ।’

निर्देशक बेलबासेले यस अघि चलचित्र ‘उहिले बाजेको पालामा’ निर्माण गरेका थिए । चलचित्रले अपेक्षाकृत व्यापार नगरे पनि सामान्य व्यापार गरेको थियो । चलचित्र ‘प्रेमनाथ’ले भने दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको निर्देशक बेलबासे बताउँछन् । पहिले भएका कमी कमजोरीहरुलाई पनि यस चलचित्रबाट भने सुधार गर्ने प्रयास गरिएको उनको दाबी छ । चलचित्रलाई नेपालसँगै भारतमा पनि एकैसाथ प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ ।

काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङलगायतका स्थानमा ‘प्रेमनाथ’को छायांकन गरिएको बताइएको छ । चलचित्रमा अनन्त घिमिरेको सम्पादन, भरत क्षेत्रीको द्वन्द्व, सुमीन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको छायांकन रहेको छ । चलचित्रमा सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको संगीत रहेको छ । चलचित्रका गीतमा राजेशपायल राई, भुपु पाण्डे, बेनुका राई, सूचीपन्थी, अञ्जली पटेल, चित्रवीर जिसीको स्वर सुन्न सकिन्छ ।

चलचित्र ‘प्रेमनाथ’मा राज थापा, कृति गौतम, मोनालिशा विष्ट, सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राई लगायतका कलाकारको अभिनय रहेको छ । कृति गौतम र मोनालिशा विष्टले चलचित्र ‘प्रेमनाथ’बाट चलचित्र नगरीमा डेब्यू गरेका छन् । चलचित्रको कार्यकारी निर्माता कपिलप्रसाद दवा हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस