रेडियो अडियो

चलचित्र ‘गोपी’को पोस्टर सार्वजनिक

2018/12/12   gufgaf

गफगाफ - विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म ‘गोपी’को पोस्टर बुधबार रिलिजभएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमामात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित गोपीमा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । फिल्म आगामी माघ १८ मा रिलिज हुने तय भइसकेको छ ।

पोस्टरको डिजाइन टौवा क्रियसनका विजय बस्यालले गरेका हुन् । एकै प्रकारको पोस्टर आइरहेका बेला फरक र मौलिक पोस्टर डिजाइन गर्न पाएकोमा बस्याल सन्तुष्ट छन् । उनी भन्छन्, ‘मलाई धेरैपछि मन परेको पोस्टर हो यो ।’

विपिनको सडक दुर्घटनाका कारण फिल्मको पोस्टर निर्धारित समयभन्दा पछाडि रिलिज गरिएको हो । विपिनलाई यसै हप्ता गाई फार्ममा लगेर फोटो सुट गरिएपछि मात्र पोस्टर तयार पार्न सकिएको निर्देशक लामाले बताए । उनले थपे, पोस्टरको कलर कम्बिनेसन र कलाकारहरुको भावमलाई चित्तबुझेको छ ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायांकार शैलेन्द्र डी कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् ।  फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पार्श्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।

फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणी नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राईलगायतले पनिअभिनय गरेका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।

 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस