यस पटकको गाईजात्रा राष्ट्रिय नाचघरमा

‘गाईजात्रा महोत्सव २०७५’ राष्ट्रिय नाचघरमा हुने भएको छ । भदौ ११ गतेदेखि १८ गतेसम्म हुने ‘गाईजात्रा महोत्सव २०७५’ हरेक दिन साँझ साढे पाँच बजेदेखि कार्यक्रम शुरु हुनेछ । साथै विदाको दिन अतिरिक्त शो दिउँसो साढे २ बजे हुनेछ ।

अघिल्ला वर्षहरुमा प्रज्ञा प्रतिष्ठानमा हुने गरेको ‘गाईजात्रा महोत्सव’ यो वर्ष भने नहुने भएको छ । प्रज्ञा प्रतिष्ठानमा हलको मर्मत भईरहेका कारण नाचघरमा मात्र गाईजात्रा महोत्सव हुने विशेष सा्रेतले जनाएको छ ।

यस पटकको गाईजात्रामा दमन रुपाखेती, निरज नेपाल, प्रभाकर देव शर्मा, शुशिला निरौला उर्फ बिमली, रवि डंगोल, पूर्ण थापा, सुरेन्द्र केसी, शिव शंकर रिजाल, पल्पसा डंगोल, टिका भण्डारी, सन्तोष खनाल उर्फ फिल्मी किरो, पुष्प अवस्थी, बबिता बानिया उर्फ जेरी, विष्णु सापकोटा उर्फ हर्के हल्दार, शिवहरि बैरागी, शिव शर्मा लगायतका कलाकारको प्रस्तुती रहनेछ ।

साथै कार्यक्रममा हरिशा बानिया उर्फ भुनियाँको नृत्य रहनेछ भने हाँस्यकलाकार राजा राजेन्द्र कार्यक्रमका प्रस्तोता रहनेछन् ।
संगीतकार तथा गायक टिका भण्डारीले कार्यक्रममा प्यारोडी गीत प्रस्तुत गर्नेछन् ।

यस कार्यक्रमलाई गुन्जिता टेली संसार प्रालीले आयोजना गरेको संयोजक प्रभाकर देव शर्माले जानकारी दिएका छन् । ‘गाईजात्रा महोत्सव २०७५’ रेडियो अडियो रेडियो पार्टनरको रपमा रहेको छ ।

रेडियो अडियोको गाईजात्रा विशेष कार्यक्रम ११ गते गाईजात्राकै दिन नयाँ बानेश्वरमा ‘नयाँ बानेश्वरको गाईजात्रा २०७५’ नामले नै आयोजना हुनेछ ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस