Tuesday, 26 Oct
01:00:00

यस्तो भयो कपिल शर्माकाे विवाह

2018/12/13   gufgaf

गफगाफ -   भारतीय हास्य कलाकार कपिल शर्माकाे उनकी लामो समय देखिकी प्रेमिका गिन्नी चतरथसँग विवाह सम्पन्न भइसकेकाे छ ।उनीहरुकाे पञ्जाबको जालन्धरमा रहेको होटल क्लब कबानामा डिसेम्बर १२ मा विवाह सम्पन्न भएको हो ।  विवाहमा कपिल शर्माका आफन्तजन तथा नजिकका साथीहरु उपस्थित थिए । कपिल शर्माले आफ्नो ट्वीटरमार्फत विवाहको तस्बिर सार्वजनिक गरेका छन् ।

कपिलले उनको विवाहमा हरियो रंगको शेरवानी लगाएका छन र हातमा तरवार बोकेका छन् । कपिलकी दुलही गिन्नी चतरथले भने रातो रंगको लेहंगा लगाएकी छिन् भने कपिलको पहिरनसँग मिल्ने गहना लगाएकी थिइन् ।  विवाहमा भारतीय हास्य कलाकार कृष्णा अभिषेक, भारती सिंह, सुमोना चक्रवर्ती, राजीव ठाकुर आदि उपस्थित भएका थिए । 

खबरहरुका अनुसार कपिल शर्माले सुनील ग्रोवरलाई पनि विवाहको निणन्त्रणा दिएका थिए तर सुनील विवाहमा सहभागी भएका थिइनन् ।  अहिले सामाजिक सञ्जालमा कपिलका शुभचिन्तक तथा बलिउड र टेलिभिजन कलाकारले बधाई तथा शुभकामना दिइरहेका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस