रेडियो अडियो

होला त दिपक दिपा र भुवन केसीको सहकार्य ?

2018/12/13   gufgaf

गफगाफ -  नेपाली चलचित्र नगरीलाई एक पछि अर्को ब्लकबष्टर चलचित्र दिन सफल भएको छ, हास्यकलाकार दिपक राज गिरी, दिपाश्री निरौला केदार घिमिरे र जितु नेपालको सहकार्यले । उनिहरुले वडा नम्वर ६, ६ एकान ६, छक्का पञ्जा , छक्का पञ्जा २ र छक्का पञ्जा ३ जस्ता सफल चलचित्र निर्माण गरिसकेका छन् । चलचित्र छक्का पञ्जा ३ ले चलचित्र इतिहास कै सबै भन्दा धेरै व्यापार गर्न सफल भयो भने उपत्यका भित्र र बाहिर गरी १३ वटा हलहरुमा ५१ दिन मनाउन सफल भयो ।

यो टिमले हाल सम्म एक पछि अर्को सफल चलचित्र दिइरहदा अब उनिहरुले कस्तो चलचित्र ल्याउलान धेरैको प्रतिक्षाको विषय बनेको छ । नेपाली चलचित्र नगरीका निर्माता तथा निर्देशकहरु पनि यो टिम सँग सहकार्य गर्न पाए सफल भइन्छ भन्ने पक्षमा देखिने गरेका छन् । यतिबेला चलचित्र नगरीमा भुवन केसी र दिपक दिपाको टिम बिच सहकार्य हुने कुराले चलचित्र नगरी तातिएको छ ।  हुन त यो कुरा केहि समय अगाडी नै सुरु भएको थियो तर सुरु हुन नपाउदै सेलाएको थियो ।

तर पछिल्लो समय फेरी पनि सोहि कुराको चर्चा भइरहेको छ । भुवन केसीले निर्माण गरेका चलचित्रहरुलाई पनि दर्शकले रुचाउने गरेका छन् । यता  भुवनका छोरा समेत रहेका अनमोल केसीले जुन चलचित्रमा अभिनय गरे पनि सफल भइरहेका बेला यि २ सफल टिमको शहकार्य हुने हु भने एक पटक चलचित्र नगरी उनिहरुकै वरिपरी घुम्ने धेरै चलचित्र पण्डितहरुको बुझाइ छ । यस कुरामा भुवन केसी र दिपक दिपा नै सकारात्मक रहेको बताइएको छ । दुवै टिमलाई मिल्ने कथावस्तु भए सहकार्य असम्भव नभएको दुबै टिमले बताउदै आएका छन् । 
पछिल्लो समय यि २ टिमको निकटता समेत बढ्दै गइरहेको छ ।

चलचित्र छक्का पञ्जा ३ युनिटले निमान्त्रणा दिएको कार्यक्रममा भुवन केसी जसरी पनि पुग्ने गरेका छन् । चलचित्रले ५१ दिनको सक्सेस पार्टीको आयोजना गरका समय भुवनले दिपक दिपाको खुलेर प्रसंसा गरेका थिए । यसै साता बाट प्रदर्शनमा आउन लागेको चलचित्र शुश्रि सम्पत्ती हेर्नका निम्ति पनि यि दुबै यनिट पुगेका थिए । चलचित्र हेरेर बहिर निस्कने क्रममा पत्रकार सँग कुरा गर्दै भुवनले दिपक दिपा नेपाली चलचित्र क्षेत्रको अमुल्य सम्पत्ती भएको प्रतिकृया दिएका थिए ।

दिपक दिपाले नेपाली चलचित्र नगरीलाई अर्कै उचाइ दिनुभएको छ, यस्को श्रेय वाहाहरुलाइ नै जान्छ, भुवनको भनाई थियो । यता दिपक दिपाले पनि भुवन केसी सँगको सहकार्यले अफुहरुलाई थप बलियो बनाउने बताउदै सहकार्य असम्भब नभएको बताएका थिए । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस