रेडियो अडियो

फ्राइडे रिलिज : आज बाट ‘सुश्री सम्पत्ति’र‘डोली’ प्रदर्शनमा

2018/12/14   gufgaf

गफगाफ -  फ्राइडे रिलिज अन्तर्गत आज बाट २ वटा चलचित्र प्रदर्शनमा अएका छन् । सुब्रतराज आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’ र राजबहादुर साने निर्देशित चलचित्र  ‘डोली’आजबाट अल नेपाल प्रदर्शनमा आएका चलचित्रहरु हुन् । यसै गरी अघिल्लो साता बाट प्रदर्शनमा आएको दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ ले पनि दोश्रो सातामा प्रदर्शन सुरु गरेको छ । चलचित्रले नेपाल सगै विदेशमा पनि राम्रो प्रदर्शन गरिरहेको बताइएको छ ।

आज बाट प्रदर्शनमा आएको चलचित्र ‘सुश्री सम्पत्ति’ को तुलनामा ‘डोली’प्रचार प्रसारमा पनि केहि पछाडि देखिएको छ । यस चलचित्रले ‘सुश्री सम्पत्ति’ को तुलनामा हल पनि थोरै मात्र पाएको बताइएको छ । चलचित्र ‘सुश्री सम्पत्ति’ कमेडी जनरामा निर्माण गरिएको छ । यो चलचित्रका लागी पनि  विदेशमा डिमान्ड बढिरहेको निर्माता बताउछन् ।  चलचित्रमा समावेश उत्कृस्ट गीतसंगीत लाई दर्शकको सकारात्मक टिप्पणी आइरहेकाले पनि चलचित्रको अन्तराट्रिय डिमाण्ड बढेको बताइएको छ ।

नेपालमा प्रदर्शन हुन अगाडी नै जापान, दक्षिण कोरिया र युरोपमा चलचित्र बिक्री भइसकेको छ निर्माता रमेश त्वयनाले बताए । अन्य देशमा पनि चलचित्रको प्रदर्शनका लागि कुरा भइरहेको निर्माता त्वयनाको भनाइ छ । अबको केही दिन भित्रमा युरोपका विभिन्न सहर तथा जापान र कोरियामा पनि प्रदर्शन गर्ने तयारी भइरहेको छ । चलचित्र ‘सुश्री सम्पत्ति’ सुव्रत आचार्यको निर्देशनमा तयार भएको हो उनको यो दोश्रो चलचित्र निर्देशन हो यस अघि उनले नेपाली चलचित्र अधकट्टि निर्देशन गरेका थिए ।

अधकट्टि अपेक्षाकृत चल्न सकेन तर चलचित्र ‘सुश्री सम्पत्ति’लाई भने दर्शकले माँया गर्नेमा अफु ढुक्क रहेको निर्देशक आचार्यको भनाइ छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आचार्य आफैंले लेखेका हुन् । चलचित्रको सम्पादन भरत रेग्मीले गरेका छन् ।  चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल लगायतको अभिनय रहेको छ भने नायिका प्रियंका कार्कीलाइ पनि विशेष भूमिकामा देख्न सकिने छ । 

यस्तै आजै बाट प्रदर्शनमा आएको चलचित्र ‘डोली’सामाजिक प्रेमकथामा आधरित रहेर निर्माण भएको बताइएको छ । चलचित्र ‘डोली’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । पिजी सर्टिफिकेट पाए सगै चलचित्र डोली हेर्न १६ बर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको साथ जानु पर्ने छ । यस अघि नेपाली चलचित्र बृन्दावन निर्देशन गरेका निर्देशक राजबहादुर सानेले चलचित्रको निर्देशन गरेका छन् ।

किरण नेपालीले गरेको यो चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । चलचित्रको स्क्रिप्ट चलचित्रका निर्देशक राजबहादुर स्वयमले लेखेका हुन ।चलचित्र‘डोली’ मा बाबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रको गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् ।  चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित, अर्जुन गुरुङ, नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी, सतिश खत्रि लागयतको अभिनय रहेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस