रेडियो अडियो

२५ लागिन् वर्षा, जन्मदिनमा के छ खास ?

2018/12/14   gufgaf

गफगाफ -   अभिनेत्री वर्षा राउतले आज आफ्नो जन्मदिन मनाएकी छिन् । वर्षा यतिबेला मह सञ्चारको निर्माणमा बन्दै गरेको चलचित्र दाल भात तरकारी को छायंकनमा व्यस्त छिन् । चलचित्र दाल भात तरकारी युनिटले छायंकन स्थलमै वर्षाको जन्मदिन मनाएको छ । दाल भात तरकारी युनिटले उनलाई शुभकामना दिनका निम्ति विशेष कार्यक्रमको आयोजना गरेको थियो । अघिल्लो वर्षको जन्मदिन रेडियो अडियोको आयोजनामा रेडियो अडियोकै कौशीमा सेलिब्रशन गरिएको थियो ।

यस वर्ष भने दाल भात तरकारीको छायंकनमा व्यस्त भएका कारण सोहि स्थानमा उनको जन्मदिन मनाइएको हो । उनलाई शुभकामना दिनका निम्ति रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनिया सहित रेडियो अडियोका टिम चलचित्र छायंकन स्थलमै पुगेका थिए । २०५० साल  मंसिर २८ गते काठमाण्डौको थापाथलीमा जन्मेकी वर्षा आज देखि २५ वर्षमा प्रवेश गरेकी छिन् । 

वर्षाले विकास राज आचार्यको सिनेमा ‘नाई नभन्नु ल ४’बाट सिनेमामा डेब्यु गरेकी हुन् । पहिलो सिनेमाबाटै उनले राम्रो सफलता हात पारिन् । त्यसपछि उनी लागातार हिट सिनेमा दिने अभिनेत्रीको सूचिमा परेकी  छिन् । ‘नाई नभन्नु ल ४’ पछि उनले छक्का पञ्जा, जात्रा, छक्का पञ्जा २ जस्ता सिनेमामा काम गरिन् । जुन कारोबारका हिसाबले सुपरहिट रहे ।  तर ‘छक्का पञ्जा २’सँग जुधेका कारण उनको मुख्य भूमिका रहेको सिनेमा ‘मेरो पैसा खै ?’ भने कारोबारमा पछि रह्यो ।

अन्यथा वर्षाको सिने करिअर पूर्ण रुपमा सफल देखिन्छ । उनि अभिनित चलचित्र गोपी को केहि दिन अघिमात्र पोष्टर सार्वजनिक भएको थियो । उनि लामो समय देखि कलाकार संजोग कोइरालाको प्रेममा छिन् । उनिहरुले यो सम्वन्धलाई पहिले देखि नै सार्वजनिक गरिसकेका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस