रेडियो अडियो

सोनाक्षी सिन्हा सिद्धार्थ रोय कपूरको प्रेममा

2018/12/14   gufgaf

गफगाफ -   बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको केही समय अघि फिल्म ‘ह्याप्पी फिर भाग जाएगी’ प्रदर्शन भएको थियो । अहिले तिनै सोनाक्षी सिन्हा उनको प्रेम सम्बन्धका कारण चर्चामा आएकी छिन् । सोनाक्षी सिन्हाको नाम यस अघिसम्म सलमान खानका भाई सोहेल खानकी श्रीमती सीमा खानका भाई बन्टी सचदेवासँग जोडेर खबरहरु आएका थिए । 

सोनाक्षी सिन्हा र बन्टी सचदेवाले आफूहरुको सम्बन्धबारेमा खुलेर केही नभने पनि धेरै जसो समय यी दुवैले सँगसँगै समय बिताउने गरेका थिए । तर केही दिन अघि यी दुवैबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो ।

अहिले अभिनेत्री सोनाक्षी सिन्हाको नाम अभिनेता सिद्धार्थ रोय कपूरका साथ जोडेर खबरहरु आइरहेका छन । केही दिनअघि अभिनेत्री आलिया भट्टले करण जोहरको चर्चित शो ‘कफि विद् करण’ मा यस शो मा अभिनेत्री सोनाक्षी सिन्हा र आदित्य रोय कपूरलाई बोलाइनु पर्छ भनेकी थिइन । अहिले फेरी अर्का अभिनेता वरुण धवनले सोनाक्षी सिन्हाको इन्स्टाग्रामको एक तस्बिरमा भाउजू भन्दै कमेन्ट गरेर सोनाक्षी र आदित्य एकअर्कालाई डेट गरिरहेकोतर्फ इशारा गरेका छन् ।

सोनाक्षीले ‘चुप लाग’ भनेर जवाफ गरेकी छिन ।  सोनाक्षी सिन्हा र आदित्य रोय कपूर करण जोहरको फिल्म ‘कलंक’ मा एकसाथ देखिनेछन् । आदित्य रोय कपूरले सन् २००९ मा फिल्म ‘लण्डन ड्रिम्स’ बाट बलिउडमा डेब्यु गरेका थिए भने उनले फिल्म ‘अशिकी २’ र ऐ जवानी हे दिवानी’ ‘फितुर’ जस्ता फिल्ममा काम गरिसकेका छन ।  अभिनेत्री सोनाक्षी सिन्हाले सन् २०१० मा सलमान खानको फिल्म ‘दबंग’ बाट बलिउड डेब्यू गरेकी हुन 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस