Tuesday, 26 Oct
01:00:00

कहिले सम्म रहला नेपाली चलचित्रमा अनमोलको स्टारडम ?

2018/12/14   gufgaf

गफगाफ -  सुपरस्टार अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ यस वर्षका प्रतिक्षित चलचित्रहरु मध्यको एक हो । यो चलचित्रमा अनमोलको अभिनय भएकै कारण पनि धेरैको प्रतिक्षाको विषय बनेको छ । नेपाली चलचित्र नगरीमा अनमोल निकै महंगा अभिनेताका रुपमा चिनिन्छन् । उनि एउटा चलचित्रमा अभिनय गरेको ५० लाख रुपैया लिने गर्छन् । केहि समय अघि यो कुरा निकै चर्चाको विषय बन्न पुगेको थियो ।

नेपाली चलचित्रका धेरै निर्देशक निर्माताहरु अनमोललाइ लिएर चलचित्र निर्माण गर्न पाए जति पनि खर्चिन तयार हुने गरेका छन् । चलचित्रको कथा जे जस्तो भए पनि मनमोलको स्टारडमले नै चलचित्र सफल हुन्छ भन्ने मान्यता राख्ने निर्माता तथा निर्देशकहरु धेरै छन्, चलचित्र नगरीमा । नायक अनमोल केसीलाई पनि बेला बेलामा कथा जस्तो भए पनि भने जत्ति पैसा दिए जुनसुकै चलचित्रमा पनि काम गर्न राजी हुने गरेको टिप्पणी आउने गरेको छ । तर हाल सम्मका अनमोल अभिनित चलचित्रहरुलाई हेर्ने हो भने उनले उक्त टिप्पणीलाई प्रमाणित गरिदिएका छन् । 

उनि अभिनित चलचित्र ‘क्याप्टेन’ फागुन १७ गतेबाट अल नेपाल प्रदर्शनमा आउने पक्का भइसकेको छ । एउटा चलचित्र प्रदर्शनमा नआउदै उनि अर्को चलचित्रको छयंकनमा व्यस्त छन् । झरना थापाले निर्देशन गरेको अनमोल अभिनित चलचित्र ए मेरो हजुर ३ को छायंकन करिव अन्तिम चरणमा छ । यसै विच उनि अभिनित चलचित्र ‘क्याप्टेन’ मा समाबेश ‘रहर छ संगै’ बोलको गीत हिजो सार्वजनिक भयो ।

युट्युबमा रिलिज भएको १० घण्टा नबित्दै ट्रेण्डिङ नम्बर एकमा आउन सफल भएको छ  । गीतमा गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको छ । गीतमा अर्जुन पोखरेलले सङ्गीत,डीगराज धौरालीको शब्द रचना रहेको छ ।पछिल्लो समय दिपक दिपा र भुवनको सहकार्य हुने कुरा मिडियामा आइरहेको छ । यदि यो साहकार्य सफल हुने हो भने अनमोलको स्टारडम अझ बढ्ने देखिन्छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस