Tuesday, 26 Oct
01:00:00

यस कारण रिसाएका थिए अनुभव वर्षासँग 

2018/09/10   Tek

गफगाफ- अभिनेत्री वर्षा सिवाकोटी अभिनित सिनेमा ‘जय शम्भु’  भदौ १ गतेबाट प्रदर्शनमा आउँदैछ ।  यस सिनेमामा दुई जना पुरुष पात्रको बीचमा वर्षा एक्ली महिना पात्रको रुपमा प्रस्तुत हुँदैछिन् । यहि सिनेमाको प्रचार प्रचारको क्रममा वर्षाले अनुभव रेग्मीसँगको सम्बन्धको बारेमा बोलेकी छिन् ।  


सिनेमा ‘नाई नभन्नु ल ५’ को समयमा वर्षालाई अनुभवका कारण सिनेमाबाट बाहिर निकालिएको खबरहरु आएका थिए । अनुभवले वर्षासँग काम गर्न नसक्ने बताएपछि वर्षा सिनेमाबाट बाहिरएको खबर प्रकाशित भएको थियो ।


सिनेमा ‘भैरै’मा  काम गर्ने समयमा वर्षाले अनुभवलाई नराम्रो व्यवहार गरेको र यहि कारण अनुभवले वर्षासँग काम गर्न नसक्ने खबर प्रकाशित भएको थियो । 
यी खबरहरुले वर्षालाई नराम्रो बनाएका थिए । हालै मात्र वर्षाले यस बारेमा बोलेकी छिन् । उनले यो खबर बिल्कुलै गलत भएको बताईन् । 


खास कुरा के थियो त भन्नुस भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, भैरैको समयमा अनुभव पनि थियो ।  अनि त्यस समयमा सुरक्षा पन्त, म र अर्को एउटा दिदीसँग अलिकति मिसअन्डर स्ट्याण्डिङ भाको  थियो उसको । अनुभव  हामी लेडिज पार्टीबीच मिस अण्डरस्ट्याण्डिङ भयो त्यो पनि निर्माण युनिटका कारण । अनि पछि अनुभवको हिसाबले हामी गलत देखिएका थियौँ । पछि हामीले यस बारेमा बोल्ने अनि खास के हो भनेर भन्ने मौका पनि पाएनौँ । यहि कारण हामी नै नराम्रो भयौँ ।


वर्षाले यति त भनिन् तर के कुराले र कारणले मिसअण्डरस्ट्याण्डिङ भएको थियो भन्ने बारेमा भने खुलाईनन् ।
त्यस्तै उनले सिनेमा ‘नाई नभन्नु ल ५’को लागि आफूलाई प्रस्ताव आएका कारण अनुभवले आफ्नो मात्रै नाम लिएको र आफु दोषि देखिएको बताएकी छिन् । 
 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस