Tuesday, 26 Oct
01:00:00

बरिष्ठ गीतकार एवं एसपी टेक तामाङको चौथो ‘नाता’ 

2018/12/16   gufgaf

गफगाफ - बरिष्ठ गीतकार एवं एसपी टेक तामाङको चौथो गीति एल्वम अनुश्री पाख्रिनको प्रस्तुतिरहेको ‘नाता’ विशेष समारोहबीच सार्वजनिक भएको छ । नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित समारोहमा सार्वजनिक गरिएको एल्वममा ८ वटा गीत समावेश रहेका छन्। कार्यक्रम बरिष्ठ साहित्यकार उषा शेरचनको सभाध्यक्षता र बरिष्ठ गीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सोही समारोहमा एल्वममा समाविष्ट दुई म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । अञ्जु पन्तद्वारा स्वरबद्ध र अभिनित ‘तिमीलाई माया गर्छु....’ र मेलिना राईको स्वर रहेको ‘नजिक यति....’ भिडियो प्रदर्शन गरिएको थियो ।

भिडियो सार्वजनिक लगत्तै समिक्षक बरिष्ठ गीतकार भुपाल राईले अप्रासंगिक गीतमा अनुप्रास मात्रै मिलाउने परम्परागत ढर्रालाई तोडेर उत्कृष्ट शब्द विम्ब ल्याउन सकेकोमा गीतकारलाई बधाई दिए । उनले थपे– सुगम संगीतमै रहेर सामाजिक जागरणका गीतहरू पनि लेखिनुपर्ने सुझाए । यसैगरी बरिष्ठ साहित्यकार पूर्व अर्थमन्त्री एसपी कोइरालाले साहित्यकै विधाको गीत लेखनलाई निरन्तरता दिएर साहित्यिक इट्टा थपेकोमा तत्कालीन आफ्नो विद्यार्थी तामाङप्रति गर्व गरे ।

सभाध्यक्ष शेरचनले बन्दुक नामैले मात्रै पनि अत्यन्त कठोर लाग्छ उनको गीत भने अत्यन्तै कोमल ! पेशागत हिसाबले नेपाल प्रहरीको एसपी सिर्जनागत हिसाबले गीतकार । एल्बम नातामा सबै नारी स्वर रहेकोमा गर्व गर्दै गायिका पन्तलाई पहिलो पटक अभिनय गराउन सफल भएकोमा गीतकारलाई बधाई दिए । समारोहमा बरिष्ठ संगीतकार बुलु मुकारूङ, बरिष्ठ गीतकार राजेन्द्र थापा, गीतकार संघ नेपालको अध्यक्ष चुडामणि देवकोटा, पूर्व डिआइजी देवीलाल तामाङ, समाजसेवी चन्दा थापा तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सोही क्रममा गायिका र संगीतकारलाई प्रस्तुतकर्ता अनुश्रीले सम्मान गरेका थिए । एल्बममा रहेका गीतहरूमा ‘तिमीलाई... स्वर अञ्जु पन्त, संगीत अर्जुन पोखरेल, मन पर्छ... स्वर संगीता राना प्रधान, संगीत किशोर खतिवडा, स्वर्ग सुख.... स्वर मेलिना राई, संगीत कन्काइष्ट राईको रहेका छन् । यसैगरी अंगालोमा बेरिरहु... स्वर अञ्जु पन्त, संगीत पावल चाम्लिङ, ढिलो चाँडो... स्वर जिना रसायली र संगीत कन्काइष्ट राई, नजिक यति... मेलिना राई, संगीत कन्काइष्ट राई, झर्न खोज्ने... दिपा लामा र संगीत कन्काइष्ट राई र सैलुङकै पाखामा... ओंङ्बु लामा र संगीत बुद्ध स्याङ्बा लामा’ को रहेका छन् ।

नेपाल प्रहरीमा कर्तव्यनिष्ठ भएर व्यस्तताको बाबजुत पनि तामाङले राष्ट्रिय, लोक, आधुनिक, लोकपप शैलीका करिब एक हजारभन्दा बढी गीत लेखिसकेका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस