Tuesday, 26 Oct
01:00:00

‘प्रसाद’ले गोर्यो एक हप्तामा २ करोडको व्यापार

2018/12/16   gufgaf

गफगाफ - यो वर्षमा पनि अघिल्ला वर्षहरुमा जस्तै चलचित्र छक्का पञ्जा ३ ले उत्कृष्ट व्यापार गर्यो । सुस्ताएको चलचित्र नगरीलाई उत्कृष्ठ व्यापार गर्दै २० करोडको व्यापार नेपाली चलचित्र नगरीमा सम्वभ छ भन्ने उदाहरण नै बन्यो । राम्रो कथा बस्तु प्रस्तुत गर्न सके नेपाली दर्शकले एक पटक मात्र हैन पटक पटक एउटै चलचित्र दोहोर्याएर हेर्छन भन्ने पुष्टि पनि चलचित्र छक्का पञ्जा ३ ले गरिदियो ।

यस्तै गता साता अर्थात मङ्सीर २१ ग्तेबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र प्रसादले पनि सन्तोष जनक व्यापार गरिरहेको बताइएको छ । प्रदर्शनको एक हप्ता पुरा हुदा चलचित्रले घरेलु बजारबाट २ करोड ग्रस कलेक्सन गर्न सफल भएको निर्माता सुवास थापाले बताए । चलचित्र सुरुवाती २ दिन भने निकै आक्रमक व्यापार गर्न सफल भएको थियो । त्यस यता भने चलचित्रले औषत व्यापार गरिरहेको छ ।

चलचित्रले २ दिनमै करीव १ करोडको व्यापार गर्न सफल भएको थियो । चलचित्रको बैदेशिक व्यापारका निम्ति पनि उच्च डिमाण्ड आएको थिायो । नेपालमा प्रदर्शन हुन अगावै चलचित्र प्रसादले अन्तराष्ट्रिय व्यापार सुरु गरेको सुरु गरेको थियो । अस्ट्रेलिया, स्पेन, फिनल्याण्ड, युके र युएइमा नेपाल प्रदर्शन अघि नै विक्री भै सकेको थियो । पछि जापान, कोरिया, अमेरिका लगायतका अन्य केहि देशहरुमा पनि प्रदर्शन गर्ने पक्का भइसकेको निर्देशक दिनेश राउतले बताए ।

अधिकांश चलचित्रहरुको समिक्षामा विभिन्न टिका टिप्पणीहरु आउने गरेका छन् । प्रसस्तै कमि कमजोरी देखाउने गरेका छन् । तर चलचित्र प्रसादको कथा का साथै चलचित्रको प्रस्तुतीलाई समीक्षकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । चलचित्रले दोस्रो हप्तामा पनि मल्टिप्लेक्स र सिंगल स्कृनमा उच्च प्रदर्शन गरिरहेको छ । नयिका नम्रता श्रेष्ठको कामलाई दर्शकले रुचाएका छन् । नेपाली समाजमा घट्ने घटनाहरुको प्रतिविम्वका रुपमा चलचित्र प्रसादलाई लिइएको छ ।

अभिनेता विपिन कार्कीको अभिनयलाइ पनि दर्शकले अत्यन्तै रुचाएका छन् । सबैको सकारात्मक टिप्पणीका कारण पनि चलचित्रले दोश्रो सातामा पनि सफल व्यापार गर्नेमा निर्माण युनिट ढुक्क देखिएको छ । निर्माण युनिटका अनुसार चलचित्रले सिंगलको तुलनामा मल्टिप्लेक्स उच्च व्यापार गरिरहेको छ । चलचित्रमा निस्चल बस्नेत, विपिन कार्की, नम्रता श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।  

चलचित्रले विवाह भइसके पश्चात पनि सन्तान नभएको र सोहि कारण आइ परेका विभिन्न उतार चडापहरुको कथा प्रस्तुत गरेको छ । चलचित्रमा समाबेश दुइ गीत ए लै लै र बनकी चरी के भन्छे बोलका गीतहरुलाई पनि दर्शकले रुचाएका छन् । चलचित्रको निर्देशन दिनेश राउतले गरेका हुन् । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत  छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस