Tuesday, 26 Oct
01:00:00

चलचित्र जात्रैजात्राको प्रदर्शन मिती सर्ने पक्का

2018/12/17   gufgaf

गफगाफ - चलचित्र जात्रै जात्राको छायंकनमा जाने क्रममा चलचित्रका मुख्य कलाकार विपिन कार्की दुर्घटनामा परे । उनि दुर्घटनामा परे पछि चलचित्रको छायंकननै रोकिएको छ ।  अभिनेता कार्की अहिले घरमै आराम गरिरहेका छन्  । मोटरसाइकल दुर्घटनामा पर्दा उनको खुट्टा भाच्चिएको छ । छायंकन रोकिए सगै चलचित्र प्रदर्शनका लागी तोकिएको मितिमा नआउने भएको छ । फागुण १७ गतेलाई प्रदर्शन मिति तोकेर यो चलचित्र छायांकनमा गएको हो । 

चलचित्रको टिजर सार्वजनिक भइसकेको छ । टिजरलाई दर्शकले रुचाएका छन् । जात्रै जात्राको टिजरमा अभिनेता दयाहाङ राइको इन्ट्रिले चलचित्रलाई थप रोचक बनाएको छ । हामीले फागुण १७ लाई प्रदर्शन मिति तोकेका थियौ तर विपिन दुर्घटनामा परे पछि तोकेको मितीमा हामी चलचित्र प्रदर्शन गर्न असमर्थ भयौ चलचित्रका निर्देशक प्रदिप भट्टराइले भने ।

चलचित्रको प्रर्दशन मिती सरेको बताए पनि कहिले बाट प्रदर्शनमा आउने भन्ने छिटै टुंगो गरिने निर्देशक भट्टराइले बताए ।  जात्राको सिक्वेलको रुपमा बन्न लागेको यो चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लागायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा मेहेन बिना आइपरेको धन पचाउन गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस