Tuesday, 26 Oct
01:00:00

दिपाश्री निरौला बनिन् भट्टीकी साहुनी

2018/12/17   gufgaf

गफगाफ -  नेपाली चलचित्र इतिहास मै सबै भन्दा धेरै सिक्वेल चलचित्र निर्माण गरेका निर्देशक विकास राज आचार्यले नयाँ चलचित्रको छायंकन सुरु गरेका छन् । काठमाडौँको मैतिदेवि मन्दिरमा पुजा गर्दै चलचित्रको छायंकन सुरु गरिएको हो । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘हजार जुनी सम्म’ राखिएको छ । गायक उदय सोताङ तथा गायिका मनिला सोताङको गीत ‘हजार जुनी सम्म’ बाट सापटी लिएर यो चलचित्रको नाम राखिएको हो । 

आइतबार बालाजु स्थित एन एफ डिसीको हलमा चलचित्रमा समाबेश रहने एक गीतको छायंकन समेत गरिएको छ । प्रल्हाद तिमल्सीना र मिना निरौलाको स्वरमा रहेको लोक शैलीको गीत छायंकन गरिएको बताइएको छ ।

गीतमा चलचित्र छक्का पञ्जा ३ कि निर्देशक समेत रहेकी हास्य कलाकार दिपाश्री निरौला, हास्य हास्य कलाकार शिवहरी पौडेल, नायक आर्यन सिग्देल र नव नायक अकी प्रधानलाई फिचर गरिएको छ । गीतमा दिपाश्री निरौलालाई भट्टिकी साउनीका रुपमा प्रस्तुत गरिएको छ भने सिबहरी पौडेल ग्राहाकका रुपमा प्रस्तुत भएका छन् । 

विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाले संयुक्त रुपमा लेखेको चलचित्रमा नायिका निरुता सिंह, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत लगायतका कलाकारहरुको समेत अभिनय रहने बताइएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस