Tuesday, 26 Oct
01:00:00

जात्रै जात्राको ठाउँमा अब दि ब्रेकअप 

2018/12/17   Gufgaf

फागुन १७ गते देखि प्रदर्शन हुने हिसाबले छायाकंन शुरु भएको सिनेमा जात्रै जात्रा अब तोकिएको मितिमा नआउने भएको छ ।  अब यस मितिमा सिनेमा ‘दि ब्रेकअप’ आईपुगेको छ ।

यो सिनेमाको प्रदर्शन मिति दोश्रो पटक सारिएको हो । शुरुमा यो सिनेमा गतबर्षको प्रेमदिवसमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको थियो । तर पछि फेरि सिनेमाको प्रदर्शन मिति सारेर पौष २७ गते पुर्याईएको थियो । 


अन्नत यो सिनेमा अब फागुन १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।यसअघि यो मितिमा अभिनेता अनमोल केसी अभिनित सिनेमा ‘क्याप्टेन’ आउने पक्का भईसकेको छ । 
तर दि ब्रेकअपको टिमले भने ‘क्याप्टेन’सँग आउँदा दुबै सिनेमालाई घाटा नहुने बताएको छ । अब अभिनेता अनमोल र आशिरमान देशराज जोशीको भिडन्त हुने पक्का भएको छ । 
सिनेमा ‘दि ब्रेकअप’मा आशिरमान देशराज जोशीसँगै रेमनदास श्रेष्ठ नव–कलाकार शिल्पा मास्के र इच्छा कार्कीको मुख्य भूमिका छ । यहि मितिमा आउने तयारीमा रहेको सिनेमा जात्रै जात्रा अभिनेता विपिन कार्कीका कारण यो मितिमा प्रदर्शन हुन नसक्ने भएको हो ।  अभिनेता विपिन कार्की दुर्घटनामा परेर घाइते भएपछि जात्रै जात्राको अहिले छायांकन रोकिएको छ । यहि कारण यो सिनेमा फागुन १७ मा आउन नसक्ने भएको हो ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्कीको साथमा बर्षा राउत, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । अब अर्को प्रदर्शन मिति चाडै नै सार्वजनिक गर्ने यसको निर्माणपक्षले बताएको छ ।


 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस