Tuesday, 26 Oct
01:00:00

यस्तो रह्यो प्रियंका र आयुष्मानको प्रेम यात्रा

2018/12/18   gufgaf

 गफगाफ -  खुल्लम खुल्ला प्यारमा रमाइरहेको जोडि हो आयुष्मान देशराज जोसी र प्रियंका कार्कीको । यो जोडिले टिकाटालो गरिसकेको छ । विवाह भने अर्को बर्ष गर्ने तयारीमा छन् उनिहरु । अभिनेता आयुयष्मान देशराज जोशीले आइतबार मात्रै आफ्नो २५ औँ जन्मदिन मनाएका छन् । उनको जन्मदिनलाई खास बनाउनका निम्ति उनकी प्रेमिका प्रियंकाले निकै मेहेनत गरेकी छन् । 

आयुष्मानको जन्मदिनको अवसर पारेर अभिनेत्री तथा आयुष्मानकी प्रेमिका प्रियंका कार्कीले आयुष्मानसँगका विशेष पलहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

प्रियंकाले आयुष्मानसँगको फस्ट भेटदेखि फस्ट फोटोशुट र इन्गेजमेन्टसम्मका विशेष पलहरु सेयर गरेकी छिन् । यसका अलावा प्रियंकाले दुईवटा बच्चा समातेको तस्बिर सेयर गर्दै आफू पनि यही पलको प्रतिक्षामा रहेको उल्लेख गरेकी छिन् ।

उनले यसरी नै आफ्ना बच्चाहरुसँगको तस्बिर खिचाएर आफ्नो परिवार भन्ने इच्छा भएको तस्बिरमा उल्लेख गरेकी छिन् । आयुष्मान र प्रियंका खुल्लम खुल्ला प्रेम गर्ने जोडीमा पर्छन् । उनीहरु सामाजिक सञ्जालमार्फत एकअर्काको लागि प्रेम व्यक्ति गरिरहेका हुन्छन् । यी दुईले एकअर्काको नाम मिलाएर ट्याटू समेत खोपिसकेका छन् ।

प्रियंकाले आफ्नो गर्दनमा आयुष्मानको नाम र आफ्नो नाम जोडेर आयांका नामको ट्याटू पनि खोपाएकी छिन् । त्यस्तै आयुष्मानले पनि यही नामको ट्याटू खोपाइसकेका छन् । आयुष्मान कार्यक्रम प्रस्तोता हुँदै अभिनयमा होकिएका व्यक्ति हुन् ।

सिनेमा चपली हाइटबाट डेब्यू गरेका उनले त्यसपछि सिनेमा छक्का पञ्जा २, कथा काठमाण्डू, चङगा चेटलगायतका सिनेमामा काम गरेका छन्  ।

यसमा अलावा उनले केही म्युजिक भिडियोमा पनि काम गरेका छन् । आयुष्मान र प्रियंका यतिबेला सिनेमा प्रेमदिवसको छायाकंनमा ब्यस्त छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस