Tuesday, 26 Oct
01:00:00

यो वर्ष अलग हुने ८ बलिवुड सेलिब्रेटी जोडी

2018/12/18   Gufgaf

गफगाफ -  वर्ष २०१८ बलिवुड सेल्रिबेटीहरुको विवाहको वर्षको रुपमा हेरिएको छ । यो वर्ष अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा देखि कमेडीयन कपिल शर्मा सम्मले लगन गाँठो कसेका छन् । यो वर्ष बलिवुडमा केही जोडीहरु जोडिए भने केही यहि वर्ष अलग भएका छन् । 

यो वर्ष गायिका नेहा कक्कड र अभिनेता हिमांश कोहलीको ब्रेकअपले निकै नै चर्चा पाईरहेको छ । यी दुईले केही दिन अघि मात्रै ब्रेकअप गरेका छन् ।  विगत ४ वर्ष देखि एकअर्काको प्रेममा रहेको यो जोडी एकअर्कासँग अलग हुनुको कारण भने बाहिरिएको छैन ।

त्यस्तै  टेलिभिजनकी कुमकुमको नामले चर्चित  जुही परमार र उनका श्रीमान् सचिन श्राफ पनि यो वर्ष अलग भए । सन् २००९ मा विवाह बन्धनमा बाँधिएको यो जोडी  ९ वर्ष पछि एकअर्काबाट अलग भएको हो ।  उनीहरुले यहि वर्षको शुरुवातमा नै डिभोर्स फाईल दर्ता गरेका थिए ।

अभिनेतथा अजुर्न रामपाल र उनी श्रीमती मेहर जेसियाको बिग्रिएको सम्बन्धको बारेमा बिगत केही वर्ष यता बलिवुडमा चर्चा भईरहेको छ । यहि चर्चासँगै यहि वर्ष उनीहरु अलग भए ।  २० वर्ष लामो वैवाहिक सम्बन्धलाई उनीहरुले यसै वर्ष पूर्णविराम लगाएका हुन् । 

 

हाल अर्जुन विदेशी मोडल गैब्रिएला डेमोट्रिएडससँग सम्बन्धमा छन् ।  उता फेशन डिजाईनर मसाबा गुप्ता पनि पति मधु मंतेनासँग यहि वर्ष अलग भईन् ।  तीन वर्ष अगाडि मात्रै विवाह गरेको यो जोडीले आपसी समझदारीमा सम्बन्ध बिच्छेद गरेको हो । यो कुराको जानकारी मसाबा स्वयमले सामाजिक सञ्जालमार्फत दिएकी थिईन् ।  विवाहित भईकन पनि अभिनेता पुलकित सम्राटले अभिनेत्री यामि गौतमलाई डेट गरेका थिए । यामिकै कारण पुलकितको पत्नी स्वेतासँग सम्बन्ध बिच्छेद पनि भयो । तर अहिले पुलकित यामीसँग पनि अलग भएका छन् । यहि वर्ष उनीहरुको पनि ब्रेकअप भयो ।  

उता अभिनेत्री एलि अवराम र हार्दिक पाण्या पनि यहि वर्ष अलग भए । केही समय एलिलाई डेट गरेपछि हार्दिकले अभिनेत्री ईशा गुप्तालाई डेट गरिरहेको खबर पनि छ । जे होस उनी एलिसँग यहि वर्ष ब्रेकअप गरे ।  
रोडिजबाट चर्चामा आएका रघु राम र अभिनेत्री सुगंधा गर्गले विवाहको १२ वर्ष पछि सम्बन्ध बिच्छेद गर्ने निर्णय गरे ।  सुंगधासँग सम्बन्ध बिच्छेद गरेपछि रघुले केही समय अगाडि मात्रै विवाह गरिसकेका छन् ।  
सोफिया हयात र उनका पति व्लादले पनि विवाहलाई लामो समय अगाडि बढाउन सकेनन् । उनीहरुले २०१७ मा विवाह गरेका थिए भने यहि वर्ष अलग भए ।  सोफियाले व्लादलाई चोरीको आरोप लगाएर घर निकाला गरेकी थिईन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस