Tuesday, 26 Oct
01:00:00

पूर्वप्रेमी रणबिर कपूर दीपिकाको बिहेको रिसेप्सन पर्टिमा नआउनुको कारण यस्तो

2018/12/19   gufgaf

गफगाफ - अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले आफन्त र नजिकका साथीहरुबीच नोभेम्बर १४ र १५ मा इटालीको लेक कोमोमा विवाह गरेका थिए । विवाह गरेर भारत फर्किएका रणवीर र दीपिकाले डिसेम्बर १ मा बलिउड कलाकारहरुका लागि भव्य रिसेप्सन पार्टी राखेका थिए । रिसेप्सनका बलिउडका कलाकार, उद्योगपति र खेल जगतका कैयौैँ व्यक्तिहरु सहभागी भएका थिए । तर दीपिका पादुकोणका पूर्वप्रेमी रणबिर कपूर भने रिसेप्सनमा देखिएनन् । 

रिसेप्सनमा रणबिर कपूरको परिवारबाट पिता ऋषि कपूर र आमा नितु कपूर पनि गएनन् । यसबाहेक रणबिरकी हालकी प्रेमिका आलिया भट्ट पनि सहभागी भइनन् । बलिउडका अधिकांश कलाकारहरु सहभागी भएको रिसेप्सनमा रणबिर कपूर उपस्थित नहुँदा अनेक अनुमान गरिएको थियो । खबरहरुमा रणबिर कपूर र आलिया भट्ट एकसाथ अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ को छायाँकंनमा व्यस्त भएकाले आउन नसकेको पनि बताइएको थियो ।

 

हालै अभिनेत्री दीपिका पादुकोणले यस विषयमा मुख खोलेकी छिन् । दीपिकालाई रणबिर कपूर उनको रिसेप्सनमा किन आएनन् भनेर सोधिएको प्रश्नमा दीपिकाले भनेकी छिन्, ‘हामीले यस विषयमा केही कुरा गरेका छैनौँ । रिसेप्सनअघि हाम्रो कुरा भएको थियो तर त्यसपछि कुरा नै भएको छैन । र उ रणबिर हो, त्यसैले मलाई यस विषयमा आश्चर्य लागेको छैन । रणबिर र मबीचको एक यस्तो सम्बन्ध छ, जसलाई हामी मनैदेखि मान्छौँ । यही कुरा नै यस सम्बन्धको सुन्दरता हो । जहाँ केही नभनेरै धेरै कुराहरु भइरहेका हुन्छन् ।’ 



कुनै समयमा एकअर्काको गहिरो प्रेममा रहेका दीपिका र रणबिर ब्रेकअप छि पनि एक अर्कालाई असल साथी मान्छन । साथै यी दुवैले ब्रेकअपपछि फिल्म ‘ए जवानी हे दिवानी’, ‘तमाशा’ जस्तो हिट फिल्ममा काम गरिसकेका छन् । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस