रेडियो अडियो

‘कागजपत्र’ मा नाजिर हुसेन र शिल्पा मस्केको यस्तो रुप

2018/12/19   gufgaf

गफगाफ -  अभिनेता नाजिर हुसेनलाई विशषत दर्शकले शह अभिनेताका रुपमा नै रुचाएका छन् । उनले मुख्य अभिनेताको भुमिका निर्बाह गरेका चलचित्रलाई दर्शकले त्यति रुचाएका छैनन् । यसै बिच अभिनेता नाजिर हुसेन फेरी पनि एक पटक मुख्य नायकको भुमिकामा प्रस्तुत हुदैछन् । 

उनि नायकको भुमिकामा प्रस्तुत भएको चलचित्र हो ‘कागजपत्र’। यो चलचित्रमा अभिनेता नाजिर हुसेन सँगै अभिनेत्री शिल्पा मास्के को पनि मुख्य भुमिकार रहेको छ । यसै बिच चलचित्र ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्र निर्माण टिमले पोस्टर सहित चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । यो चलचित्र बिचमा कुनै उतार चडप नभए यसै वर्षको अन्तिम महिना चैत ८ गतेबाट अल नेपाल प्रदशन हुने बताइएको छ । 

पोस्टरमा नाजिर शिल्पाको जोडीसँगै भोलाराज सापकोटा र सरिता गिरी लाई स्थान दिइएको छ । चलचित्रको निर्देशन यसअघि चलचित्र ‘झुम्की’ निर्देशन गरेका निर्देशक अपिल बिष्टले गरेका हुन भने चलचित्रको कथा लेखन पनि निर्देशक बिष्टले नै गरेका हुन् । चलचित्रको निर्माता खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी हुन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको छ । चलचित्र को सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस