Tuesday, 26 Oct
01:00:00

यस्ती देखिइन् दयाहाङकी ‘दयारानी’

2018/12/19   gufgaf

गफगाफ -  २०७६ सालको  को जेष्ठ १० गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘दयारानी’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज डेट घोषणा गर्नुका साथै फस्टलुक पोस्टर पनि सार्वजनिक गरियो ।  चलचित्रको फस्टलुक पोस्टरमा नायिका दीया पुन र अभिनेता दयाहाङ राईलाई प्रस्तुत गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनका साथै कलाकार विजय बरालको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘दयारानी’ लाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । चलचित्र आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रले गुरुङ समुदायमा हुने सस्कृतीको चित्रण गर्ने प्रयास गरिएको छ । चलचित्रले गुरुङ समुदायमा हुने आन्तरिक घटना क्रम बोल्नुको साथै समुदायको उत्थानमा समेत भुमिका खेल्ने निर्देशक माओत्से गुरुङको दावि छ ।  गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले सोही नाम राखिएको निर्देशक गुरुङले बताए ।

धेरैले चलचित्रका अभिनेता दयाहाङ राईको नामसंग चलचित्रकोे नाम जोड्ने गरेका छन् तर यो चलचित्र दयाहाङको नाम सँग सम्बन्धित नरहेको निर्देशक गुरुङको भनाइ थियो ।  चलचित्रमा बिक्रम स्वारको कोरियोग्राफी रहेको छ भने चलचित्रका गीत संगीतमा राजनराज सिवाकोटीले संगीत भर्ने काम गरेका छन् । चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस