Tuesday, 26 Oct
01:00:00

प्रदिप र जसिताको ‘लभ स्टेशन’चैत्र १ मा 

2018/12/19   gufgaf

गफगाफ - युवा स्टार प्रदीप खड्का अभिनित चलचित्र रोज असफल भए पछि यतिबेला अभिनेता प्रदिप खड्का चलचित्र ‘लभ स्टेशन’को काममा व्यस्त छन् । यो चलचित्रमा प्रदिप खड्का सगै गुडिया उपनाम पाउने गरेकी अभिनेत्री जसिता गुरुङको अभिनय रहेको छ । चलचित्रमा प्रदिप खड्काको पनि लगानी रहेको बताइएको छ । चलचित्र रोज असफल भए पछि निरास बनेका प्रदिपलाई चलचित्र ‘लभ स्टेशन’ सफल भए निकै राहत मिल्ने छ ।

यसै बिच चलचित्र ‘लभ स्टेशन’को  प्रदर्शन मिति घोषणा गरिएको छ । चैत ६ र ७ गते पर्ने फागु पुर्णिमाको सार्वजनिक बिदालाई मध्यनजर गर्दै चलचित्र चैत १ गतेबाट अल नेपाल प्रदर्शनमा आउने तय भएको निर्माता गोविन्द शाहीले बताए । यस अघि चलचित्र लिलिबिलीमा पनि प्रदिप र जसिताको जोडि नै प्रस्तुत भएका थिए । उक्त चलचित्रमा यो जोडिलाई दर्शकले सकारात्मक टिप्पणी गरेका थिए । चलचित्र लिलिबिली यतिबेला युटुबमा रिलिज भइसकेको छ ।

युटुवमा पनि यो जोडि अभिनित चलचित्रलाई दर्शकल मन पराएका छन् । युटुवमा रिलिज भएको ५ दिनमा करिव ३५ लाख भन्दा धेरै दर्शकले यो चलचित्र हेरेको छन् । यो चलचित्र यतिबेला टे«न्डीङ २ मा रहेको छ ।  निकै रुचाइएको जोडी प्रदिप र जसिताको चलचित्र ‘लभ स्टेशन’दोस्रो सहकार्य हो । दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इमाल र काठमाडौंमा चलचित्रको छायांकन गरिएको छ । चलचित्रको निर्देशन निर्देशक उज्जवल घिमिरेले गरेका हुन् ।

चलचित्रमा आलोक शुक्लाको छायांकन,शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । सांगीतिक प्रेमकथामा आधारित चलचित्र‘लभ स्टेशन’मा अभिनेता प्रदिप खड्का गायकको भूमिकामा प्रस्तुत भएको बुझिएको छ । प्रदिप र जसिताको अलावा चलचित्रमा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको अभिनय रहेको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस