Tuesday, 26 Oct
01:00:00

गाई पालनमा विपिनको रुचि,  यस्तो बन्यो गोपीको ट्रेलर

2018/12/19   Gufgaf

सिनेमा गोपीको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।  बुधबार युट्युब च्यानल ओ एस आर डिजिटल मार्फत सिनेमाको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा अभिनेता विपिन कार्की गाई पालक कृषकको भूमिकामा प्रस्तुत गरिएको छ । 

गोपीको भूमिकामा प्रस्त्ुत भएका विपिनलाई परिवारले अमेरिका जान दवाव दिईरहेको हुन्छ तर उनी भने नेपालमै अर्थात स्वेदशमै केही गर्ने अठोठकासाथ अघि बढेको हुन्छ । गई पालन व्यवसाय अंगालेको गोपीलाई आईपर्ने समस्या र हुने उतार चढावलाई यो सिनेमामा देखाईने ट्रेलरले जनाउँछ । 

यसका अलावा सिनेमाको ट्रेलरमा अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तसँगै  प्रकाश घिमिरे,  भोलाराज सापकोटा, प्रकाश घिमिरे, अंकित खड्का लगायतका कलाकार देखिएका छन् । सिनेमामा अभिनेता अंकित खड्का गोपीको मामाको भूमिकामा प्रस्तुत भएका छन् जसलाई कंश मामाको रुपमा ट्रेलरमा चिनाईएको छ । 

एक युवकले नेपालमै केही गर्ने अठोठ गरेको विषय वस्तुमा यो सिनेमा बनेको छ । आरोही ईन्टरटेनमेन्टको ब्यानरमा बनेको यस सिनेमालाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । 

सिनेमामा  रमेश अधिकारी, कुन्ती,   सरोज अर्याल,  कमल मणी नेपाल,  अप्रुभ गौतम,  गणेश मुनाल, रामबाबु रेग्मी,  हिउवाला गौतम लगायतका कलाकारको पनि अभिनय छ । 

यो सिनेमा  माघ १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । सिनेमाको प्रदर्शन मितिलाई सिनेमाको मुख्य विषय वस्तुसँग जोडेर दुध खाने दिनको रुपमा उल्लेख गरिएको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस